नयाँ मोडलका साथ सान फ्रान्सिस्कोमा देउराली किचन, सेफको किचनबाट सिधै घरको टेबुलमा खाना


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

कोरोनाको महामारीपछि विजनेशका मोडलहरुमा पनि परिवर्तन आएका छन् । यसैक्रममा नयाँ मोडलका साथ अमेरिकाको सान फ्रान्सिस्कोमा देउराली किचनको शुभारम्भ गरिएको छ । न टेवुल, न कुर्सी न त डाइनइन सेवा । मात्र व्यवस्थीत किचन । त्यही किचनबाट घरघरमा खानेकुरा डेलिभरी । यही मोडलका साथ देउराली किचनको शुभारम्भ गरिएको हो ।

देउराली किचनबाट नेपाली र इन्डियन खानाहरु पिकअप गर्न र डेलिभरी मगाउन सकिन्छ । देउराली किचनले कुनै विशेष समारोह, भोजभतेर वा कार्यक्रममा समेत खाना उपलब्ध गराउनेछ ।

देउराली किचनको वेवसाइटबाट खाना अर्डर गर्न सकिन्छ ।

केन्द्रीकृत व्यवसायीक पाकस्थल क्लाउड किचन अन्तरगत किचन निर्माण गरेर देउराली किचनको सुरुवात गरिएको संचालक माधवप्रसाद मरासिनीले जानकारी दिए । क्लाउड किचन कम लगानीमा प्राइम लोकेशनमा डेलिभरीमात्र गर्न चाहने रेष्टुरेण्टहरुका लागि बनाईएको पाकस्थल हो ।

अन्य राज्यमा रहेका क्लाउड किचनका भवनहरुमा पनि फ्रेन्चाइज रुपमा देउराली किचन खोल्ने योजना रहेको मरासिनीले जानकारी दिए । तर अहिलेका लागि भने यसैसातादेखि सान फ्रान्सिस्कोको सोमाक्षेत्रमा यो रेष्टुरेण्टको सुरुवात गरिएको छ । वेवसाइटमार्फत खाना अर्डर गर्दा ५ माइलभित्र देउराली किचनका तर्फबाट डेलिभरी गरिने र थर्ड पार्टी एपमार्फत पनि डेलिभरी मगाउन सकिने जनाइएको छ ।

माधवप्रसाद मरासिनी र अनिश टण्डन मिलेर सुरुवात गरेको रेष्टुरेण्टबाट मम, छोइला, सेकुवा र थाली पनि डेलिभरी गरिन्छ ।
रेष्टुरेण्ट व्यवसायमा १८ बर्षदेखि लागेका मरासिनी अमेरिकामा प्रोफेसनल सर्टिफाइड सेफ हुन् भने अमेरिकामा पाकशिक्षा समेत लिएका छन् । कर्पोरेटलाई मासिक रुपमा खाना खुवाउने समेत देउराली किचनको योजना छ ।

कोरोनाको महामारीका कारण डाइनइन रेष्टुरेण्टहरु तत्कालका लागि प्रभावित भएको अवस्थामा आफूहरुले नयाँ मोडलका साथ रेष्टुरेण्ट सुरुवात गरेको संचालक मरासिनीले जानकारी दिए । उनले भने – ‘कोरोना महामारीमा देउराली किचनबाट खाना मगाएर खानु सुविधाजनकमात्र छैन, महामारी फैलिन नदिनका लगि समेत विजनेश मोडल उपयुक्त देखिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com