काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो,नेपालमा संक्रमित संख्या १३ हजार ५६४


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

मंगलबार देशभर थप ६० डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १९८ पुगेकाे छ । डिस्चार्ज हुनेमा ९ महिला र पुरूष ५१ जना भएका छन्। अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निकाे भएका छन् ।

काठमाडौँ जिल्लामा ७ पुरुष र महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलालाई कोरोना भाइरस पुष्टि भएको छ । यसरी उपत्यकामा मगंलबार अहिलेसम्मकै बढी सङ्क्रमित थपिएका छन् ।
नेपालमा कोरोना भाइरस रोकथामको लागि भएका प्रयास विश्वको लागि उदाहरणीय भएको छ । पत्रकार सम्मेलनमा प्राडा गौतमले नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त कम भएको बताउनुभयो । अमेरिका, बेलायत, इटाली, चीनलगायतको देशको तुलनामा अत्यन्त कम रहेको जानकारी दिनुभयो ।

प्रवक्ताका अनुसार दक्षिण एसियाली मुलकहरुमा बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानको तुलनामा प्रति दशलाख भएको सङ्क्रमण कम रहेको छ । नेपालमा दक्षिण एसियामा अफगानिस्तान, भारतलगायतका देशहरु भन्दा पीसीआर परीक्षण धेरै गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा चारहजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com