नेपालमा कोरोना संक्रमितकाे संख्या १३ हजार नाघ्याे,मृत्यु हुनेको संख्या २९


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।

थप १२१ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् । काठमाडौँ जिल्लामा दुई महिला र चार पुरुषसहित छजना, ललितपुर र भक्तपुरमा एक एकजना पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

ललितपुरकाे सानेपामा रहेकाे स्टार अस्पतालमा राैतहटका ३० वर्षका एक पुरूषकाे निधन भएकाे छ । १३ गते स्वाब पठाएकाेमा साेही दिन राति ८ गते फाेक्साेका ती विरामीकाे मृत्यु भएकाे हाे । परीक्षणकाे नतिजा असार १४ गते पाेजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com