नेपालमा १२ हजार ७ सय ७२ जनामा कोरोना पुष्टि : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एक हजार चारसय ७४ जना महिला र एघार हजार दुईसय ९८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्। याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ ।

प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना पुष्टि भएको हाे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com