कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्दा भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो: ओली


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले  लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि गरेकै कारण भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मदन भण्डारी जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई हटाउनका लागि नयाँ दिल्ली र काठमाडौंमा षड्यन्त्र भएको बताउँदै प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन् ।

चीनसँग पारवहनको सम्झौता गर्दा यसअघि आफ्नो नेतृत्वको सरकार ढलेको बताउँदै ओलीले भने, ‘अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदमा, सरकारमा बसिरहन मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्रीबाट हटाउन प्रयास गर्नेलाई गर्न दिऔँ । यदी अहिले म हट्ने हो भने नेपालका पक्षमा कोही पनि बोल्ने मान्छे हुन्न । आफ्ना लागि होइन देशका लागि आवश्यक भएकाले बसेको हुँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com