कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २७


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको हो । उनको राप्ती अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो ।

उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com