नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा  सङ्क्रमितको सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै, थप ३१२ जना  डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ । रेड जाेनमा ५०९ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा पिसिआरबाट ६ हजार पाँच सय ४३ जनाको परीक्षण भएको गौतमले  बताउनुभयो । । मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेमा महिला ११ सय ४२ र  पुरुष १० हजार २० जना छन् ।

गौतमका अनुसार हाल संक्रमित भएर आइसोलेसनमा बस्नेको संख्या आठ हजार चार सय ८६ र क्वारेन्टाइनमा बस्नेको संख्या ७४ हजार २२ छ ।हालसम्म काेराेना संक्रमण नदेखिएकाेमा रसुवा जिल्ला मात्र छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com