नेपालमा थप ६२९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १० हजार ७ सय २८
प्रकाशित मिति : असार १०, २०७७ बुधबार
पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लाे थप समेत, कुल संक्रमितको संख्या १० हजार सात सय २८ पुगेको प्रवक्ता प्रा.डा. जागेश्वर गौतम जानकारी दिनुभयाे । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
यस्तै, थप ११४ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप आठ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३३८ पुगेकाे छ । रेड जाेनमा ललितपुरका एक जना थपिएसँगै सङ्ख्या ५०९ पुगेकाे छ ।





