बलिउड नायक सुशान्तको पछि दुई युवाले गरे आत्महत्या


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

बलिउड नायक सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले शोकमा डुबेको एक जना युवा र युवतीले आत्हत्या गरेका छन् ।

भारतको मध्य प्रदेश राज्यको सागर जिल्लास्थित खुरईकी एक २० वर्षीय युवती हुन्। युवतीले आतमहत्या गर्नुअघि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भन्दै जिकीर गरिएको छ ।

त्यसैगरी उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरेका हुन्। छात्रले सुशान्तको आत्महत्याको खबर सुनेर आत्महत्या गरेका छन् । उनले सुसाइड नोटमा ‘अभिनेता सुशान्त सिंह आत्महत्या गर्न सक्छन भने म किन सक्दिन’ भनेर लेखेका थिए।

सुसाइड नोटमा सुशान्तको निधनको खबरले उनीहरु शोकमा डुबेको बुझिएको छ । मृतक उनीहरुको शव पोस्टमार्टमका लागि पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुशान्त केसको अनुसन्धान क्रम भने जारी रहेको छ। हत्याको आरोपमा बलिउडका ठुला नामहरु बाहिर आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com