नेपालमा थप ३ सय ३१ मा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ८ हजार ६ सय ५


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । योसँगै संक्रमण पुष्टि भएको संख्या ८ हजार ६०५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

त्यसैगरी देशभरिबाट १८ महिला र १५८ पुरुष गरी जम्मा एक सय ७६ जना डिस्चार्ज भएका छन् । गाैतमका अनुसार हालसम्म निकाे भएर डिस्चार्ज हुनेकाे संख्या १५ सय ७८ पुगेकाे छ ।

रेड जाेनमा ५०६ जना पुगेकाे छ । त्यसैगरी आज तीनजना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमुनाको पीसीआर टेस्टमा पुष्टि भएको हाे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com