क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, गुल्मीमा मृतक सङ्ख्या तीन


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

ल्मीमा होम क्वारेन्टिनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टीनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाेजिटिभ आएको हो ।पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराई आएकाले उहाँलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमति अनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

गुल्मीमा योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि मदाने गाउँपालिका वडा नं ६, पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com