कोरोनाका बिरामीको उपचारमा मुख्य सफलता, भेन्टिलेटरमा पुगेकालाई समेत बचाउन सकिने औषधी


प्रकाशित मिति : असार २, २०७७ मंगलबार

डेक्सामेथासोनको प्रयोगबाट कोरोनाको उपचारमा मुख्य सफलता मिलेको भन्दै वैज्ञानिकहरुले खुशीयाली मनाएका छन् । डेक्सामेथासोन सस्तो र सर्वसुलभ स्टेरोइड हो, जुन कोभिड १९ का बिरामीहरुको जीवन रक्षा गर्न सफल पहिलो औषधी भएको छ ।

परीक्षणको परिणाम मंगलबार घोषणा गरिएको हो । विगतमा यो औषधी अन्य रोगको संक्रमण कम गर्नका लागि प्रयोग गरिदै आएको थियो । अहिले यो औषधीको प्रयोगले कोरोनाका कारण सिकिस्त बिरामी भएका एक तिहाईको जीवनरक्षा गर्न सफल भएको छ ।

भेन्टिलेटरमा रहेका वा अक्सिन दिने अवस्थामा पुगेका बिरामीहरुलाई डेक्सामेथासोन औषधी दिंदा उनीहरुको जीवन बच्न सफल भएको र यो औषधी अत्यन्तै सस्तो रहेको अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर मार्टिन लान्ड्रेले बताएका छन् । उनले यो औषधीको परीक्षणमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

६३ डलरभन्दा कम मूल्य पर्ने यो औषधीबाट सिकिस्त भइसकेका र विगतमा बाँच्ने आशा नभएका बिरामीहरु बचाउन सकिनेछ । डेक्सामेथासोन कोरोनाका कारण मृत्युदर घटाउन सफल एकमात्र र पहिलो औषधी पुष्टी भएको अनुसन्धानमा खटिएका पिटर हर्वीले बताएका छन् ।

उनले यो एउटा मुख्य सफलता भएको बताएका छन् । यो औषधी विश्वब्यापी रुपमा जीवन बताउन तत्कालै प्रयोग गर्न सकिने उनले बताएका छन् । अक्सिजन दिन पर्ने अवस्थामा र भेन्टिलेटरमा नपुगेका बिरामीहरुलाई भने यो औषधी दिन आवश्यक नरहेको बताइएको छ ।

अहिलेसम्म कोरोनाको उपचारका लागि कुनै स्वीकृत औषधी र भ्याक्सिन तयार भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com