चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा भएपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ । बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ ।
वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि संक्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने मार्केटमा ७९ जना संक्रमित फेला परेपछि उक्त मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।