२५ कार्तिक २०८३, बुधबार| Wednesday, November 11, 2026
अन्तर्राष्ट्रिय

कोरोना नियन्त्रण गर्न नसकेपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा

कोरोना भाइरस महामारी नियन्त्रण गर्न प्रयास गरिरहेका चिलीका राष्ट्रपति सेबास्टियन पिनायराले यसै बीच स्वास्थ्य मन्त्री खमे म्यानालिचको राजीनामा घोषणा गरेका छन्।

यो घोषणापछि विपक्षी दलहरुले स्वास्थ्य मन्त्रीले पहिले नै राजीनामा दिनुपने बताएका छन् । विपक्षीले तत्काल देशको स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउन पनि राष्ट्रपति पिनायरालाई आग्रह गरेका छन् ।

देशका नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्त भएका एनरिक पेरीले महामारीको सामना गर्दा उनले सरकारको आलोचना गर्ने व्यक्तिको राय पनि सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चिलीमा कोरोनाबाट अहिलेसम्म तीन हजार भन्दा बढीको मृत्यु भएको छ र संक्रमितको संख्या १.६७ लाख नाघेको छ।