ब्राजिलका डाक्टर भन्छन्, ‘बिरामीले डाक्टरको कुरा सुनुन् कि राष्ट्रपतिको ?’


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् । अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ भने मृतकको संख्या ३९ हजार ६ सय ८० रहेका छन् ।

यद्यपि, जानकारका अनुसार देशमा कोरोनाभाइरसको परीक्षण सिमित संख्यामा भइरहेको छ जसका कारण वास्तविक संख्या निकै धेरै हुनसक्छ । साओ पाउलो युनिभर्सिटी हस्पिटलका आइसीयू र इमर्जेन्सी विभागमा काम गर्ने डाक्टर गरसन सेल्वाडोरले पसल र सपिङ मल खोलिएको विषयलाई समर्थन नगर्ने बताएका छन् ।

उनी भन्छन्, ‘दैनिकको संख्यामा कोरोनाभाइरस संक्रमणका लक्षण भएका थुप्रै बिरामी अस्पताल आइरहेका छन् । हाम्रो अस्पतालमा त अहिले स्रोत साधन उपलब्ध छ तर ब्राजिलका अन्य अस्पतालको स्थिती पनि यस्तै छ भनेर भन्न सकिन्नँ ।’

उनका अनुसार कोरोनाभाइरसको विषयमा राष्ट्रपति जायर बोलसोनारोको व्यवहारका कारण ब्राजिलको स्थिती भिन्न छ । राष्ट्रपतिले कोरोनाभाइरसलाई ‘साधारण फ्लू’ बताउने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर गरसन सेल्वाडोर भन्छन्, ‘डाक्टरका लागि कोभिड–१९ का बिरामीको उपचार गर्नु निकै चुनौतीपूर्ण भएको छ किनभने मानिसहरुले डाक्टरको कुरा सुन्ने कि राष्ट्रपतिको भन्ने बुझ्नै सकेका छैनन् । मानिसहरुले डाक्टरको सल्लाहमा विश्वास गरिरहेका छैनन् ।’

स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com