मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन जुलाईमा अमेरिकामा ३० हजारलाई दिइने


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन जुलाईको पहिलो साता अमेरिकामा ३० हजारलाई दिइने भएको छ । अमेरिकाको एलर्जी तथा सरुवा रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक डाक्टर एन्थोनी फाउचीले यो बर्षको अन्त्यसम्ममा यो भ्याक्सिनका एकसय मिलियन डोज उपलब्ध हुनुपर्ने बताएका छन् ।

अमेरिकाको एलर्जी तथा सरुवा रोग राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा बायोटेक कम्पनी मोडेर्नाले यो भ्याक्सिनको पहिलो र दोश्रो चरणको परीक्षण पूरा गरिसकेको छ । अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेड विकाशका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ ।  तेश्रो चरणको परीक्षण अन्तरगत १८ देखि ५५ बर्ष उमेर समुहका तीसहजारलाई यो भ्याक्सिन दिइने भएको छ ।

नोभेम्बर र डिसेम्बरसम्म एकसय मिलियन भ्याक्सिनका डोजहरु उत्पादन गर्ने योजना बनाइएको छ । त्यती नै बेला वैज्ञानिकहरु यो भ्याक्सिनको प्रभावकारिताबारे अन्तिम निष्कर्षमा पनि पुग्नेछन् । भ्याक्सिन प्रभावकारी भएका अरु करोडौं डोजहरु उत्पादन गरिनेछ ।

अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले  क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको बताइसकेको छ । मोडेर्ना कम्पनी झण्डै ९ बर्षअगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षीत र राम्ररी सहनसकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ । दोश्रो चरणमा यसैसाता सय जनामा परीक्षण गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच बेलायतमा पनि अष्ट्राजेनेका कम्पनीले भ्याक्सिन परीक्षण गरिरहेको छ । र त्यती नै बेला भ्याक्सिनको परीक्षण सकिने अनुमान गरिएको छ । अष्ट्राजेनेका कम्पनीबाट ३ सय मिलियन डोज भ्याक्सिन प्राप्त गर्नका लागि अमेरिकाले सहमति गरिसकेको छ । ईग्ल्याण्डमा रहेको आष्ट्राजेनेका कम्पनीले उत्पादन गर्ने पहिलो १ बिलियनमध्ये झण्डै एकतिहाई उत्पादन अमेरिकाले लिने भएको छ ।

यो भ्याक्सिन अझै पनि परीक्षणकै क्रममा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनको माग गरेपछि युएस डिपार्टमेन्ट अफ हेल्थले तीब्र गतिमा भ्याक्सिन उत्पादनका लागि आष्ट्राजेनेका कम्पनीलाई १ दशमलव २ बिलियन डलर दिने सहमति जनाएको छ । यो कम्पनीले सन् २०२१ मा भ्याक्सिन सर्वत्र उपलब्ध गराउनेगरी काम गरिरहेको जनाइएको छ ।

एजीडी १२२२ नामबाट चिनिने यो भ्याक्सिन युनिभर्सिटी अफ अक्सफोर्डले विकाश गरेको हो भने यसको लाइसेन्स बेलायती औषधी कम्पनी आष्ट्राजेनेकासँग रहेको छ । आष्ट्राजेनेका कम्पनीसँगको भ्याक्सिनको तेश्रो चरणको परीक्षण अमेरिकामा ३० हजार जनामा गर्न दिनका लागि अमेरिकाले सहमति जनाएको छ ।

यो कम्पनी क्याम्ब्रिजमा रहेको छ भने यो अहिलेसम्म ४ सय मिलियन डोजका लागि भ्याक्सिन बुक भइसकेको कम्पनीले जनाएको छ । यो भ्याक्सिनको एकसय मिलियन डोज बेलायतमा प्रदान गर्ने सहमति भइसकेको छ ।

अमेरिकी सरकारले भ्याक्सिन उत्पादन गर्दै गरेका अन्य कम्पनीहरु जोन्सन एण्ड जोन्सन र सानोफीसँग पनि सहमति कायम गरिसकेको छ । यसलाई कतिपयले धनी देशहरुलेमात्र सबैभन्दा पहिले आफ्ना नागरिकको संरक्षण गर्न पाउने भन्दै डर समेत व्यक्त गरेका छन् ।

भ्याक्सिन उत्पादन कम्पनी सानोफीका प्रमुखले अमेरिकामा उत्पादन भइरहेको भ्याक्सिनको पहिलो डोज अमेरिकी बिरामीहरुलाई नै दिइने बताउँदा फ्रान्सको सरकार रिसाएको थियो । अमेरिकाले शोधका लागि आर्थिक रुपमा सघाएकाले भ्याक्सिनको पहिलो डोज अमेरिकालाई नै दिने उनले बताएका थिए ।

यसैबीच  अमेरिकामा कोरानोबिरुद्धको उपचारका लागि प्रयोग गरिएको औषधी रेम्डिसिभियरको परीक्षणको नतिजा आइसकेको छ । उक्त एन्टीभाइरल औषधी सुरुमा इबोलाको उपचारका लागि बनाइएको थियो तर अहिले उक्त औषधी कोरोनाबिरुद्धको उपचारमा प्रभावकारी देखिएको छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुशार यो औषधीले कोरोनो संक्रमितहरुको उपचार छोटो समयमा गर्न सफल भएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अप्रिलको अन्तिम साता नै कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको थियो । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु शीघ्र निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको थियो । कोरोनाबिरुद्ध स्पष्ट सकारात्मक परिणाम दिएको यो पहिलो औषधी बनेको छ ।

यौ औषधीको सेवन गरेकाहरुलाई ११ दिनमा नै निको भएको पुष्टी भएको छ । परीक्षण अमेरिका, युरोप र एसियाका विभिन्न ६० ठाउँमा १०५९ जना कोरोनाका बिरामीहरुमा गरिएको थियो । ५३८ जना बिरामीहरुलाई औषधीको १० दिनको कोर्स दिइएको थियो । अरु ५२१ जना बिरामीहरुलाई पनि उक्त औषधी दिइएको थियो । ति बिरामीहरुको दैनिक अनुगमन गरेर लक्षणहरु कम भएको नभएको वा कुनै साइड इफेक्ट भए नभएको निरीक्षण गरिएको थियो ।

अमेरिकामा एफडीएको स्वीकृतिपछि कोभिड १९ का अस्पतालमा भर्ना गरिएका बिरामीहरुका लागि औषधी उपलब्ध गराइएको छ । अप्रिलको अन्तिम साता नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुईदिनपछि एफडीएले औषधीको प्रयोगको अनुमति दिएको थियो ।

एफडीएले यसभन्दा अगाडि मलेरियाको औषधी क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनलाई आपतकालिन रुपमा कोरोनाको उपचारका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो । तर पछि यो औषधीको प्रयोगबाट बिरामीको मुटुको चालको समस्यादेखिएपछि उक्त औषधी प्रयोगबिरुद्ध चेतावनी जारी गरिएको थियो । हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगबाट मृत्युदर बढेको समेत अध्ययनले देखाएको थियो ।

अहिलेका लागि भने यो औषधी आईभीमार्फत अस्पतालमा भर्ना भएका बिरामीलाईमात्र दिन सकिन्छ । कोरोनाको संक्रमण पुष्टी भइसकेकाहरुलाईमात्र यो औषधी चलाउन अनुमति दिइएको छ ।

अहिलेसम्म विश्वमा कोरोनाभाइरसबिरुद्धको भ्याक्सिन वा औषधी उपलब्ध छैन । सरकार, औषधीनिर्माता र शोधकर्ताहरुले एकसयभन्दा बढी कार्यक्रममा काम गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com