कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औषाधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

एजेन्सी/परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ ।

योसँगै रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ । रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले समाचार एजेन्सी रोयटर्ससँगलाई यसबारे जानकारी दिएका छन् । ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औषधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि बिकास गरेका दावी गरेपछि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com