नेपालमा थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । आज मात्र १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी  दिनुभयो ।

यसैगरी नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ भने  कोरोना बाट६ जनाको मृत्यु भएको छ । भारतबाट जेठ १० गते नेपाल आउनुभएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।आज मात्र १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com