किसानको हातमा क्रेडिट कार्ड र एप्स :अर्थमन्त्री डा. युवराज खतिवडा


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

e’QmfgL tyf km:of}{6 ljw]os–k|:tfj k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf cy{dGqL 8f o’j/fh vltj8f …e’QmfgL tyf km:of}{6 ljw]os, @)&% dfly ljrf/ ul/of];Ú egL k|:tfj ub}{ . tl:a/ M /Tg >]i7, /f;;

सरकारले विभिन्न जग्गामा फलफूलको विरुवा रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । अगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.युवाराज खतिवडाले अगामी वर्ष ७५ लाख फलफूलका बिरुवा उत्पादन गरि अभियानकै रुपमा वितरण गरिने बताउँदै उनले प्रत्येक स्थानीय तहमा नर्सरी स्थापना कम्तीमा १० हजार फलफूलका विरुवा उत्पादन गर्न प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।

उपयोगविहिन सार्वजनिक जग्गा, सडक र राजमार्ग किनारा र उकासबाट प्राप्त हुने जमिनमा अभियानका रुपमा फलफूल र अन्य उपयुक्त खेती गर्न नीजि, सहकारी र सामुदायिक संघ–संस्थालाई प्रोत्साहित गरिने बताउँदै उनले यसका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको बताए ।

उखु किसानका लागि उत्पादन परिणामका आधारमा दिइरहेको अनुदानलाई निरन्तरता दिनका लागि ९५ करोड रुपियाँ विनियोजन गरेको तर किसानको बक्यौता रकम कसरी भुक्तानी गराउने भन्ने बारेमा भने सरकार केही बोलेको छैन । बजेटमा किसान र उद्योगीहरुले भुक्तानी समस्याका समाधानका लागि केही समाधान हुने आशा गरेका थिए तर त्यस्तो कुनै कार्यक्रम आएन ।

त्यस्तै, कृषिमा दिँदै आएको सबै प्रकारको अनुदान पुनरावलोकन गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दोहोरो सुविधा नपर्ने गरी व्यवस्था मिलाइने बताइएको छ । कृषि ऋणमा सहज पहुँच पुर्याउनका लागि किसान क्रेडिट कार्डको शुरुवात गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै, मौसम, बीउ विजन तथा मूल्य लगायतका विषयमा किसानलाई जानकारी दिनका लागि एप्सको व्यवस्था गर्ने पनि बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेतीयोग्य जमिन भएका स्थानीय तहका सबै वडामा किसानलाई सूचिकृत गर्नका लागि कृषि स्वयंसेवक खटाइने कार्यक्रम पनि अघि सारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com