कोरोनाका कारण मालिकको मृत्यु, तर उनको कुकुर ३ महिनासम्म अस्पताल बाहिर कुरेर बसिरह्यो


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो ।

उसको मालिकको मृत्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशामा प्रतिक्षा गरिरह्यो ।

डेली मेलका अनुसार​ शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए । १३ अप्रिलमा जब ऊहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।

पसले वू कुइफेनका अनुसार अप्रिलको मध्यमा उनी अस्पतालबाट बाहिर निस्किरहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यसललाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्पतालका कर्मचारीले मलाई शिआओका मालिक एक वृद्ध पेन्सनर भएको बताए जो कोरोनाद्वारा संक्रमित थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वू भन्छन्, ‘मेरो शिआओसँग एउटा परिवारको जस्तो सम्बन्ध छ । जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ । यसलाई मैले धेरै पटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइहाल्छ । शिआओ अब मलाई छोडेर जान चाहँदैन ।’

२० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुगेको थियो, त्यतिबेला त्यहाँ बिरामीको अत्यधिक भीड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै असन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेखदेख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हेरविचार गरियो र नसबन्दी पछि उसलाई फिर्ता छोडिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com