अमेरिकामा ६२ हजार भन्दा बढी डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

अमेरिकामा ६२ हजार भन्दा धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा कम्तीमा २९१ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

सीडीसीले गरेको तथ्यांक विश्लेषणमा कम्तीमा ६२ हजार स्वास्थ्यकर्मी संक्रमित भएको देखिएको छ । सीडीसीले संक्रमितहरु स्वास्थ्य संस्थामा काम गरे नगरेको विश्लेषण गरेको हो । यो संख्या अझ उच्च हुनसक्ने अनुमान गरिएको छ ।

सीडीसीको तथ्यांक अनुशार संक्रमित स्वास्थ्यकर्मीको संख्या ६२ हजार ३ सय ४४ रहेको छ । संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये अस्पतालमा भर्ना भएकाहरुको संख्या भने निकै कम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख नाघिसकेको छ भने संक्रमितको संख्या १७ लाख नाघिसकेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ५७ लाखभन्दा बढीको परीक्षण गरिएकोछ ।

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ३ लाख ५५ हजार नाघेको छ । विश्वभर संक्रमण पुष्टी हुनेहरुको संख्या ५७ लाख नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com