अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख, संक्रमित १७ लाख


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख नाघेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमण पुष्टी हुनेहरुको संख्या १७ लाख नाघेको छ ।

अमेरिकामा अहिलेसम्म १ करोड ५३ लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ, जुन विश्वमा नै सबैभन्दा धेरै हो । अमेरिकापछि रसियाले सबैभन्दा धेरै ९१ लाखको कोरोना परीक्षण गरेको छ ।

विश्वमा अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको छ । ब्राजिलमा संक्रमितको संख्या ३ लाख ७७ हजार नाघेको छ । पछिल्लो समयमा अमेरिकामा भने संक्रमित र ज्यान गुमाउनेहरुको संख्यामा केही गिरावट आएको छ ।

ब्राजिलपछि सबैभन्दा धेरै संक्रमण रसियामा ३ लाख ६२ हजार बढीमा पुष्टी भएको छ भने स्पेनमा संक्रमितको संख्या २ लाख ८३ हजार नाघेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ ।

अहिलेसम्म विश्वमा संक्रमितको संख्या ५६ लाख नाघेको छ भने मृतकको संख्या झण्डै साढे ३ लाख पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com