करिब ५ महिनापछि पहिलो पटक चीनमा संक्रमण शून्य


प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार

चीनमा झण्डै ५ महिनापछि संक्रमण शून्य दिन आएको छ । २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । त्यसयता चीनमा दैनिक कुनै न कुनै संक्रमण देखिएको थियो । तर, शुक्रबार पूरै चीनमा कुनै पनि नयाँ संक्रमण देखिएन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाट भने संक्रमण तीव्र रुपमा घट्दै आएको थियो । तर समाचार संस्था रोयटर्सका अनुसार चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । यसमा विदेशबाट फर्किएका चिनियाँ नागरिक छन् ।

पछिल्लो समय चीनको पूर्वोत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टरबन्दै गएको बताइएको छ । उद्गमस्थल वुहानमा पनि गत अप्रिल ८ तारिखबाट लकडाउन हटाइएको छ । तर यो महिना वुहानका केही ठाउँमा भने संक्रमित भेटिएका छन् । महामारी रोक्न भन्दै वुहानका एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ हजार ३ सय ३२ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक सय ११ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनबाट सु्रु भएको कोरोना महामारीले युरोप हुँदै अहिले अमेरिकालाई इपिसेन्टर बनाएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ लाख एक हजार ४ सय ३४ जना संक्रमित भएका छन् । त्यस्तै करिब ९६ हजारको मृत्यु भएको छ भने तीन लाख ५० हजारभन्दा बढी निको भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com