नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८, थप ३२ जनामा पुष्टी


प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८ पुगेको छ । थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ५४८ पुगेको हो ।

नयाँ संक्रमण पुष्टी हुनेमा कपिलबस्तुका ८, सर्लाहीका १३, बाराका १, काठमाडौंका १, रुपन्देहीका ८ र चीतवनका १ जना रहेका छन् । संक्रमितहरु १७ बर्षदेखि ५५ बर्षसम्मका रहेका छन् । नयाँ संक्रमण पुष्टी हुनेहरु २ जना महिला र ३० जना पुरुष हुन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो मृत्यु गुल्मीका शिक्षकको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com