नेपाललाई कोरोना विरुद्धको लडाईंमा हामी सघाउन तयार छौं : चिनिया राजदूत


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले कोभिड–१९ विरुद्धको लडाईं नेपालले सजिलै जित्ने विश्वास व्यक्त गर्नुभएको छ । एबीसी न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा राजदूत हाउ यान्छीले नेपाललाई महामारी विरुद्धको लडाईंका लागि आवश्यक पर्ने सवै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

राजदूत यान्छीले चीनले नेपाल लगायत दक्षिण एशियाली देशहरुलाई समेत सहयोग गर्ने बताउनु भएको छ। चिनिया राजदूत यान्छीको यो नै नेपालमा पहिलो टेलिभिजन अन्तर्वार्ता हो । महामारी नियन्त्रणलका लागि चीनले गरेको अनुभव र शिक्षा समेत अन्तर्वार्तामा राजदूतले बताउनु भएको छ ।

चीनमा राष्ट्रपति सीको विशेष सक्रियतामा पार्टी कार्यकर्ता र सम्पूर्ण स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीको एकीकृत प्रयासका कारणले नै चीनले महामारी नियन्त्रण गर्न सफल भएको राजदूत यान्छीले बताउनुभएको छ । यो अन्तर्वार्ता अहिले विहान ८ बजे र दिउंसो साढे २ बजे पुन प्रसारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com