न्युयोर्क सिटीको कुन जिपकोडमा कति कोरोना संक्रमित, कतिको मृत्यु ?
प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार
अमेरिकाको न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ । अस्पतालमा भर्ना हुनेहरुको संख्या ५० हजार नाघेको छ ।
आज दिउसोसम्मको रिपोर्ट अनुशार न्युयोर्कसिटीमा १ लाख ९१ हजार ६ सय ५० मा कोरोना संक्रमण पुष्टी भएको छ भने अहिलेसम्म अस्पतालमा भर्ना हुनेहरु ५० हजार ६ सय १८ जना रहेका छन् । कोरोना संक्रमणबाट १६ हजार ५९ को मृत्यु भएको छ भने थप ४ हजार ८ सय २८ को पनि कोरोना संक्रमणबाट मृत्यु भएको आकलन गरिएको छ ।
न्युयोर्क सिटीमा पछिल्लो दिनमा अस्पतालमा भर्ना हुनेहरुको संख्या र मृतकको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
अहिलेसम्म न्युयोर्क सिटीभित्रको कुन जिपकोडमा कतिजना संक्रमित पुष्टी भए ? कतिजनाको मृत्यु भयो ? तपाई बसेको जिपकोड कत्तिको प्रभावित क्षेत्र हो ?
थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।
यो तथ्यांक आजसम्मको मात्र हो ।






