एमसीसी पनि महाकाली सन्धीजस्तै राष्ट्रघाती :भीम रावल


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको छ ।  प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको हो । एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धीसँग जोड्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ । नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर । उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । १०—१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थिाये । न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो । मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्ल्ेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन् । यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ । जनताले आवाज उठाउँदै आएको कुराको विपरित हुनेछ ।’’

नेता रावलले अन्तरदेशिय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानूनमै नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडी नबढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो । विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सुक्षातर्फ त्यतीकै गम्भिर भएर लाग्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उहाँले बताउनुभयो । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशिल हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उहाँले आग्रह गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com