अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७७ हजार नाघ्यो


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ५ सय ६२ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म १२ लाख ९९ हजार ९ सय १२ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय बढीको ज्यान गएको र ७ हजार २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै हालसम्म कोरोना संक्रमित मध्ये त्यहाँ १७ हजार २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म त्यहाँ ८३ लाख ८० हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ३९ लाख ७१ हजार ७ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण २ लाख ७३ हजार ७ सय ९५ जनाको ज्यान गइसकेको छ । त्यस्तै १३ लाख ७० हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमित मध्ये ४८ हजार ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com