अब ‘पुल टेस्टिङ’ बाट कोरोना जाँच, एउटा किटबाट १० वटा नमूना परीक्षण गर्ने मिल्ने
प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार
सरकारले कम किट खर्चेर बढी परीक्षण गर्न सकिने विधि ‘पुल टेस्टिङ’ बाट कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पुल टेस्टिङबाट परीक्षण अघि बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको बताए।