चिनियाँले कुटे नेपाल प्रहरी, जवाफी कारबाहीमा लाठीजार्ज


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

sf7df8f}F, @^ j}zfvM lrlgofF ko{6s b]z kms{g dfu ns8fpgsf sf/0f k};f ;lsP/ ;d:ofdf k/]sf lrlgofF ko{6s Kn]sf8{;lxt l;x+b/af/ cufl8 cfˆgf] b]z kms{g dfu ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

शुक्रबार सिंहदरबार अगाडी ड्युटीमा रहेका प्रहरीलाई चिनियाँ नागरिकले कुटेका छन् । सिंहदरवार अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेका चिनियाँहरुलाई हटाउन गएका प्रहरीलाई उनीहरुले उल्टै हातपात गरेका हुन् ।

घर फर्कन माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्र भएको जानकारी दिदै प्रदर्शन रोक्न आग्रह गरेका थिए । प्रदर्शन गर्न करिब ३ दर्जन चिनियाँहरु गाडीमा त्यहाँ जम्मा भएका थिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि उनीहरु प्रहरीमाथि नै जाइलागेका थिए । त्यसक्रममा दुई पक्षबीच बीच झडप समेत भएको हो ।

एकातिर लकडाउन अर्कोतिर निषेधित क्षेत्रमा आएर प्रदर्शन गरेका उनीहरुलाई रोक्न खोज्दा उल्टै आक्रमण भएपछि रोक्ने प्रयास भएको एक प्रहरी अधिकृतले बताए ।
महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले सिंहरदरबार अगाडि जम्मा भएर प्रदर्शन गर्ने ३३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com