हावाको प्रदुषणका कणमा समेत कोरोना भाइरस


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

वैज्ञानिकहरुको अनुसन्धानबाट हावाको प्रदुषणका कणमा समेत कोरोना भाइरस फेला परेको छ । हावाको प्रदुषणयुक्त कणमार्फत कोरोना भाइरस टाढाटाढासम्म पुग्नसक्ने र धेरै व्यक्ति संक्रमित हुनसक्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

यो समाचार द गार्डियनले प्रकाशित गरेको छ ।

इटलीका वैज्ञानिकहरुले बाहिरको प्रदुषित हावाको नमुना संकलनका लागि विशेष प्रविधिको प्रयोग गरेका थिए । त्यसपछि स्वतन्त्र ल्याबमा त्यसको परीक्षण गर्दा हावामा फैलिएका प्रदुषणका कणमा कोरोना भाइरस भेटिएको थियो ।

हावामा रहेको प्रदुषणले कोरोना भाइरसलाई ब्यापकरुपमा बोक्न सक्नेबारे थप अनुसन्धान आवश्यक रहेको उक्त अनुसन्धानको नेतृत्व गरेका इटलीको बोलोग्ना विश्वविद्यालयका वैज्ञानिक नियोनार्दो सेटीले बताएका छन् । अरु दुईवटा शोध समुहले पनि हावामा रहेका प्रदुषणयुक्त कणबाट कोरोनाभाइरस एकठाउबाट अर्को ठाउमा जानसक्ने पत्ता लगाएका थिए ।

हवामा उडेका अत्यत्नै सुक्ष्म ड्रपलेटहरुबाट कोरोना भाइरसको संक्रमण हुने वा नहुनेबारे भने विशेषज्ञहरु निश्चित छैनन् । तर सन् २००३ को सार्स कोरोना भाइरस हावाबाट पनि फैलिएको थियो भने अहिलेको नयाँ कोरोना भाइरस साना ड्रपलेटहरुमा घण्टौं रहने पुष्टी भइसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com