फ्याक्ट चेक : कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीका अधिकांश दावी गलत


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

नेपालका प्रधानमन्त्री केपीओलीको एउटा भिडियो भाइरल भएको छ । जसमा केही दावीहरु गरिएको छ । ती दावीहरुबारे हामीले फ्याक्ट चेक गरेका छौं ।

प्रधानमन्त्रीले भाइरस जीवित प्राणी नभएको बताउनुभएको छ । हो, भाइरसलाई जीवित प्राणीका रुपमा मानिदैन । तर जब यो मान्छेको स्वासप्रश्वासको बाटोमा प्रवेश गर्छ, तब यसले मान्छेका सेलहरु हाइज्याक गरेर आफ्ना करोडौं भर्सनहरु उत्पादन गर्छ । नोवल कोरोना भाइरसको सन्दर्भमा त भाइरस छिरेको व्यक्तिले लक्षणहरु देखाउनुअगाडि नै यो भाइरस अरु व्यक्तिमा समेत फैलिसकेको हुन्छ ।

विभिन्न भ्रम र यथार्थहरुबारे जोन हप्कीन्स युनिभर्सिटीको प्रश्नोत्तर यहाँ पढ्नुहोस् ।

तर प्रधानमन्त्रीले भनेजस्तो तातोपानीले हात धुँदामात्र कोरोना भाइरस मर्ने कुनै तथ्य छैन । तपाईले साबुनपानीले राम्रोसँग हात धुन जरुरी छ । हात सफा भइसकेपछि पेपर टावेल वा ह्याण्ड ड्रायरले सुख्खा बनाउनुपर्छ । तातोपानीलेमात्र कोरोना भाइरस मर्दैन । त्यस्तै तातो पानीले नुहाउँदैमा वा तातोपानी पिउँदैमामात्र कोरोनाभाइरस मर्दैन । त्यस्तै घाम ताप्दैमा पनि कोरोना भाइरस मर्दैन । घाम ताप्दा वा तातोपानी पिउँदा स्वास्थ्यमा अरु फाइदा भने हुनसक्छ । जस्तो कि सूर्यको ताप भिटामिन डी प्राप्त गर्नका लागि राम्रो हुन्छ । यसबारेमा जोन हप्कीन्स युनिभर्सिटी र विश्व स्वास्थ्य संगठनले प्रश्नोत्तर नै प्रकाशित गरेको छ ।

विभिन्न भ्रम र यथार्थहरुबारे विश्व स्वास्थ्य संगठनको प्रश्नोत्तर यहाँ पढ्नुहोस् ।

त्यतै प्रधानमन्त्री ओलीले आँखाबाट कोरोना भाइरस सर्न सक्ने बताउनुभएको छ । कोरोना कोरोना भाइरस आँखाबाट पनि सर्ने कुरा केही सोधहरुले पत्ता लगाएका छन् । तर उहाँले बताएजस्तो कोरोना भाइरस सर्ने मुख्य माध्यम नै आँखा भने होइन । सबैभन्दा छिटो आँखाबाट सर्ने कुरा पनि सत्य होइन । कोरोना भाइरस सबैभन्दा छिटो स्वासप्रश्वासकै बाटो अर्थात् नाक र मुखबाट सर्ने कुरा शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com