दल विभाजनसम्बन्धी अध्यादेशमा मन्त्रीकै असहमति !


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा नेकपाभित्रै विवाद देखिएको छ । मन्त्रिपरिषद्मा सो अध्यादेश पार्टीकै लागि पनि घातक हुन सक्ने भन्दै पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिका केही मन्त्रीले विरोध गरेका हुन् ।

यसरी विरोध गर्नेमा कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्तिबहादुर बस्नेत लगायत रहेको स्रोतको भनाइ छ । तर सोमबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका बहुसंख्यक मन्त्रीहरुको समर्थनमा सो अध्यादेश ल्याउने विषयमा निर्णय भएको उच्च स्रोतको भनाइ छ ।

सोही विषयमा ऊर्जामन्त्री पुनको कार्यकक्षमा केही मन्त्रीबीच छलफल भएको स्रोतको भनाइ छ । तर सो छलफलमा पूर्वएमाले र माओवादी पृष्ठभूमि दु्बैतिरका मन्त्रीहरुको सहभागिता रहेको थियो । बैठकमा अध्यादेश घातक हुनसक्ने भन्दै गम्भीर छलफल भएको बताइएको छ ।

सो छलफलपछि ऊर्जामन्त्री पुन नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com