२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

महामारी फैलिनबाट रोक्न आफैलाई जोखिममा राख्दै खटेको प्रहरीकै आलोचना ?

– राधाकृष्ण देउजा

कोरोनाको महामारी फैलन सक्ने खतरा देखेर नेपाल सरकारले चालेको सावधानीपूर्ण कदमको व्यवहारिक रुप हो लकडाउन ।

खासमा भन्ने हो भने सरकारले नागरिकको जीवन रक्षाको निम्ती चालेको कदमको कार्यान्वयन सवैलाइ तत्काल गर्नु पर्ने विषय थियो । मानौ, सरकारको निर्णय जनताले तत्काल थाहा पाएनन , बुझेनन वा त्यसको कार्यान्वयनमा खाद्धन्य अभाव वा यस्तै केहि प्राविधिक कठिनाई पर्यो भने त्यसमा जनतालाइ सुसुचित गराउने काम संचारकर्मीहरुले गर्ने अनि जनताको पिर मर्काको सम्वोधन जनप्रतिनिधिहरुले गर्नु पर्ने हो ।

विषयको गाम्भीर्यतालाइ बुझाउने र आफु बच्ने अरुलाइ बचाउने कामका खातिर बन्दाबन्दिको पालना वाध्यता हैन स्वतस्फ्रुत हुनु पर्ने थियो । तर त्यस्तो हुन सकेन , अत्यावश्यक बन्न पुगेको लकडाउन केवल प्रधानमन्त्री केपी ओलीको रहरले जनतालाइ दुख दिन लगाइएको जस्तो गरियो , अनि स्वतस्फ्रुत आफैं कार्यान्यवन हुनु पर्ने बन्दाबन्दिको पालना गराउन आफैं असुरक्षित हुँदाहुँदै पनि विना सुरक्षा उपकरण प्रहरी सडकमा उत्रिनु परेको छ ।

त्यो भन्दा पनि अनौठो कुरा त आफ्नो ज्यान जोखिममा राखेर लकडाउन कार्यान्वयन गराउन खटने प्रहरी अहिले सवैको तारो बन्न पुगेको छ जव कि उसले सरकारले गरेको निर्णय कार्यान्वयन गराउन दत्तचित्त भएर लाग्ने वाहेक केहि गरेको छैन । यत्र तत्र सर्वत्र प्रशँसा हुनुपर्ने प्रहरी देखि संचारकर्मी , राजनतिक नेता अनि जनप्रतिनिधिहरु समेत रुष्ट भए रहेको पढ्न पाइन्छ बरु अहिले आम जनताको ठुलो हिस्साले भने प्रहरीको दुख बुझ्दै गएको छ ।

आखिर किन र के को लागि प्रहरी प्रति गुनासो ? भन्ने सवाल विचरा प्रहरी स्वयमले सोध्न नसक्ने हुँदा अव सर्व साधारण जनताले सोध्नु पर्ने देखियो ।

हालको निम्ती जो जससंग सम्वन्धितकै शैलीमा निम्न प्रश्नहरु छन :

१. कोहि कोरोना संक्रमित भेटिए भने तिनीहरुलाइ आइसोलेसन कक्षमा राख्ने , उनीहरुको हेरचाहा गर्ने काम प्रहरीको हैन तर त्यो कतिपय ठाउँमा प्रहरीले नै गर्नु परेको छ भन्ने सुन्न र पढ्न पाइन्छ , त्यो किन ?

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

२. लकडाउन जनताको जिउधन रक्षार्थ जनताकै सरकारले गरेको आव्हान हो अनि यसको उल्लङ्घन गर्न वा यसको अवज्ञा गर्न जनता किन तम्सिएका ? अनि त्यसो गर्नेलाइ रोक्न खोजेर के प्रहरीले थप सुविधा पाउँछ ? अनि आफैंले आफ्ना निम्ती लिनु पर्ने सावधानी नलिएर आफु , अनि आफुसंग भेट वा सम्पर्क हुने अरुलाइ मात्रै हैन आफ्ना अनावश्यक हिंडडुल रोक्ने प्रहरीलाइ समेत किन खतरामा पारेको ?

३. जनतालाइ आवश्यक खाना , औषधि लगायत अत्यावश्यक चिजहरु जनतालाइ सहज उपलव्ध गराउनु पर्ने दायित्व खासमा स्थानीय सरकार हो कि हैन ? अनि त्यसो गर्न नसक्ने अनि जथाभावी मान्छेहरु निस्किनु पर्ने अवस्था पनि बनाउने , प्रहरी प्रशासनलाइ त्यस्ता हिंडडुललाइ रोक्न सिद्धान्तगत आदेश दिने अनि जव प्रहरी प्रशासन आफुलाइ दिइएको काम गर्न थाल्छ अनि फोन गर्दै ” ओह हो सिडिओ साब त्यो त मेरो मान्छे परेछ छोडदिन भन्दिनु पर्यो ” , अनि “ ओह हो एसपी/डीएसपी साब ल है एक पटकलाइ छोडीदिनुस ” भन्ने ?

४. प्रेश, स्वास्थ्य सेवा यस्तै केहि अत्यावश्यक सेवा सम्वन्धि काम गर्नको खातिर सवारी साधन पास लिने अनि एउटा जिल्लाबाट अर्को जिल्ला वा एक प्रदेशबाट अर्को प्रदेश मान्छे पुर्याउन हिडने, आफु र आफन्तलाइ चाहिने सामान किन्न हिड्ने ?

५. तपाईं हामि सवैले आफु र आफ्नाहरुको बचाउ गर्न घरमै बस्नु भन्ने आदेशको पालना गर्ने हो भने प्रहरी कुनै हालातमा तपाईंलाइ दुख दिन आउदैन , भिडभाड नगरिकन तोकिएको समय र स्थानमा सुरक्षित हिसावले जान र आफुलाइ चाहिने राशन पानीको व्यवस्था गर्न प्रहरीले रोक्ने हैन बरु सहयोगनै गर्छ । यही सत्य हो तर फेरी पनि किन गालि र आक्रोश प्रहरी तर्फ सोझ्याउनु हुन्छ ?

उल्लेखित वाहेक अन्य थुप्रै सवालहरु पनि छन् जसले प्रहरी प्रतिको गुनासा र आक्रोशहरुलाइ गलत र अन्यायपूर्ण ठहर गर्ने छ तर पनि थाहाछैन किन प्रहरीले पाउनु पर्ने जति सम्मान नपाउने अनि नपाउनु पर्ने अपजस पाउने क्रम चलेको चल्यै छ । आफ्नो नालायकी छोप्न प्रहरीलाइ दोषी देखाउनेहरुले त जे गर्नुपर्छ त्यही गरेर आफ्नो लाज ढाकछन तर अव आम जनताको तहले चाहिं पूर्ण रुपमा प्रहरीको दुख , कष्ट र कर्तव्यपरायणतालाइ नबुझ्ने हो भने चाहिं ठुलो अन्याय हुनेछ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।