न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते पवन


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनि नेपाल प्रहरीको असई थिए ।

फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?

पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सुचना लिएर केही समयपछी मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् । पद्यमाले खसोखाससंग कुराकानी गर्दै भनिन्,-‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साहै्र दुखद भयो, भाईको आत्माले शान्ति पाओस् ।’

हाल सम्म अमेरिकामा सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com