फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्ल (प्रकाश) को कोरोना संक्रमणका कारण बुधबार विहान मृत्यु भयो । न्यूयोर्क उडसाइडमा उनी बस्दै आएको अपार्टमेन्टमा मल्लको मृत्युपछि विभिन्न प्रश्नहरु उब्जिए ।

खासगरी उनलाई अस्पतालले भर्ना नलिएको विषयमा प्रश्नहरु उब्जिएका थिए । त्यस्तै मल्लसँग एउटै अपार्टमेन्टमा बस्ने र सोही भवनमा बस्ने उनका अन्य साथीहरुले गरेको एउटा फेसबुक पोष्टका कारण केही अन्यौल सृजना भएको थियो । मल्लको मृत्युपछि राखिएको एउटा फेसबुक पोष्टमा भनिएको थियो – ‘न्युयोर्क बस्ने पवन मल्ल (प्रकाश) कोभिड १९ को संक्रमण भएर अस्पतालमा हुनुहुन्छ। उहाँको नेपालस्थित नजिकको कोही आफन्त हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।’

मल्लको मृत्युको खबर परिवारलाई एकैपटक दिंदा आघात पर्नसक्ने भएकाले परिवारका सदस्यहरुलाई सम्पर्कमा ल्याउनका लागि यस्तो पोष्ट गरिएको थियो ।

वास्तवमा मल्लको मृत्युपछि मृत्युको खबर सिधै दिनुभन्दा व्यवहारिक रुपमा दिनका लागि आफूहरुले यस्तो पोष्ट गरेको सोही भवनमा बस्ने विजय ज्ञवालीले जानकारी दिए । ‘मल्लको मृत्यु घरमै भएपनि हामीले उहाँको मृत्युबारे परिवारका सदस्यलाई एकैचोटी जानकारी दिंदा अर्को दुर्घटना नहोस् भनेर यो पोष्ट गरेका थियौं । त्यसपछि उहाँका परिवारका सदस्यहरु सम्पर्कमा आउनुभयो ।’ विजयले भने ।

‘उहाँको अमेरिकामा कोही नभएकाले एकैपटक मृत्युको खबर नपुगोस् भनेर त्यो पोष्ट गरेका हौं । अस्पतालमा भन्ने शब्द अन्जानमै परेको हो । बिरामी हुनुहुन्छ मात्र भनेको भएपनि हुनेथियो । तर हामीले यो धेरै सोंचेर लेखेका थिएनौं । हाम्रो नियत एकैपटक मृत्युको जानकारी नदिनेमात्र थियो । त्यसैले शब्दमा ध्यान पुगेनछ ।’ –  विजयले थप स्पष्ट पार्दै भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पवन यहाँ सरेको झण्डै २ महिनामात्र भएको थियो । पहिले ओजनपार्कतिर बस्नु हुँदो रहेछ । यहाँ सरेको एकमहिनापछि नै विरामी हुनुभयो ।’ – विजयले जानकारी दिए ।

मल्लको मृत्युपछि विजय ज्ञवालीले सामाजिक सञ्जालमा गरेको पोष्ट । भिडियोले तपाईलाई डिस्टर्ब गर्नसक्ने भएकाले हामीले यहाँ इम्बेड गरेका छैनौं ।

झण्डै तीनसाता अगाडि पवन बिरामी भएपछि एम्बुलेन्स बोलाइएको थियो । एम्बुलेन्समा आएको टिमले ज्वरो नाप्यो । रक्तचाप पनि नाप्यो । तर अवस्था गम्भिर नभएको भन्दै अस्पताल लैजान मानेन । त्यसपछि भोलिपल्ट पवन आफै अस्पतालमा गएर लाइनमा बसेर कोभिड १९ को चेक गराए । अस्पतालले रिपोर्टबारे पछि जानकारी दिने भन्दै भर्ना गर्न अस्वीकार गर्यो । अस्पतालले घरमै सुरक्षित हुने र घरमै गएर टेककेयर गर्न भन्दै फिर्ता पठाएको थियो ।

त्यसपछि घरमा आएर केहीदिन उपचार गर्दा पनि निको नभएपछि पवन दोश्रोपटक अस्पताल गए । तर दोश्रोपटक पनि अस्पतालले भर्ना गरेन । विभिन्न औषधीहरु खाँदा पनि सुधार नभएपछि पवनका साथीहरुले उनलाई अस्पतालमा भर्ना हुन सुझाव दिए । पवनकै सहमतिमा एम्बुलेन्स बोलाइयो । एम्बुलेन्सपनि आयो । तर प्रेसर र ज्वरो नापेपछि मेडिकल टिमले अस्पताल लगेन । चिन्ता गर्नु नपर्ने भन्दै उनीहरुले घरमै बसेर आराम गर्न सुझाव दिए ।

अन्तत बुधबार विहान पवनको बस्दै आएको अपार्टमेन्टमा नै निधन भयो । झण्डै तीनसाताको अवधिमा दुईपटक अस्पताल जाँदा अस्पतालले भर्ना गरेन । दुईपटक एम्बुलेन्स बोलाउँदा पनि अवस्था सामान्य भन्दै उहाँलाई अस्पताल लगेन । अन्तत उहाँको घरमै निधन भयो विजयले जानकारी दिए ।

‘पवनलाई बच्चामा निमोनिया रहेछ । त्यो कुरा पवनले बताउनुभएन । जसका कारण अझ बढी समस्या भएको हुनसक्छ । त्यसैले अण्डरलाइन स्वास्थ्य समस्या छ भने तुरुन्त अस्पताल हुनुहोला ।’ –  विजयले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com