कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको आज विहानै निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनी केहीदिन अगाडि एल्महस्र्ट अस्पतालमा गएका थिए । तर अस्पतालले भर्ना लिन नमानेपछि उनको घरमै उपचार भइरहेको थियो । घरमै मेडिकल टिम आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आएको थियो ।

उनको परिवार नेपालमा रहेकाले नेपालमा रहेको परिवारलाई जानकारी दिइनसकिएका कारण नाम र विवरण सार्वजनिक गरिएको छैन । अहिले नेपालमा भएको परिवार र अस्पताललाई जानकारी दिने प्रकृयामा रहेको छ ।

उनका कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । एकमहिनाको बीचमा न्युयोर्कमा ७ जना नेपालीको निधन भइसकेको छ । जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने तीनजनाको मृत्युको कारण सार्वजनिक गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिजोमात्र न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले अस्पतालमा नै भर्ना नभई घरमा मृत्यु हुनेको संख्या न्युयोर्क सिटीमामात्र ३७७८ रहेको सार्वजनिक गरेको थियो । उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण या त कोभिड १९ या त त्यससँग मिल्ने लक्षण उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com