७ बर्ष अघि नेपालबाट आएकी ८२ बर्षकी हजुरआमाको कोरोनाबाट मेरिल्याण्डमा निधन


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

पहिले देखि नै दम र मुटुको रोगको समस्या भएकोमा कोरोनाको संक्रमणपछिको उहाँको स्वास्थ्यअवस्था निकै गम्भिर भएको थियो । केहीदिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा उहाँलाई हिजो बेलुका डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

झण्डै ७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नातिनातिनीसहित अमेरिका आउनुभएकी हजुरआमाको निधन भएकोमा मेरिल्याण्ड राज्यको संसदमा डेलिगेट ह्यारी भण्डारीले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

मृतक हजुरआमाका छोरा मेरिल्याण्डको रुजडलमा आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको र बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । हजुरआमाका नाती र नातिनीलाई पनि लक्षण देखिएको जनाइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘हाम्रो परिवारमा त यस्तो भयो । तर तपाईहरुको परिवारमा यस्तो घटना हुन नदिनका लागि विशेष सावधानी अपनाउनुहोला । हाम्रो समुदायको मान्छेले कोरोना भाइरसलाई गम्भिरताका साथ लिएका छैनन् । तर हामीलाई परेकाले हामीलाई थाहा भएको छ । त्यसैले कृपया यसलाई गम्भिरताका साथ लिएर सावधानी अपनाउनुहोला ।’ –  परिवारका एक सदस्यले  खसोखाससँग कुरा गर्दै भन्नुभयो ।

‘घरभित्रै बस्दा पनि दूरी कायम गर्नुहोला । काममा नगई नहुने भएमा विशेष सावधानी अपनाउनुहोला । अत्यावश्यक भएर बाहिर जानैपर्नेहरुले घरमा बृद्धबृद्धा र बालबालिकाहरु भएको खण्डमा उनीहरुसँग दुरी कायम गर्न र उनीहरुलाई संक्रमित हुन नदिन विशेष सावधानी अपनाउनुपर्छ । हाम्रो परिवारमा त भइहाल्यो तर अरुको परिवारमा यस्तो नहोस् भन्ने हाम्रो चाहना हो ।’ –   खसोखाससँग अमेरिकामा रहेका नेपालीभाषी भुटानी लगायत सबैलाई सन्देश दिदै भन्नुभयो ।

डेलिगेट ह्यारी भण्डारीले घरको एकजनामात्र पनि घरबाहिर निस्कँदा कोरोना संक्रमण हुनसक्ने सम्भावना हुने भएकाले घरबाहिर निस्कनेहरुले विशेष सावधानी अपनाउनुपर्ने डेलिगेट ह्यारी भण्डारीले सन्देश दिनुभयो । उहाँले भन्नुभयो – ‘एकजना घरबाहिर गएर भाइरस घरमा भित्रायो भने अरु घरभित्र बसेको के मतलव ? त्यसैले घरबाहिर निस्कनै पर्ने व्यक्तिले परिवारका अरु सदस्यको संसर्गमा नआउन विशेष सावधानी अपनाउनुपर्छ ।’

‘खासगरी बृद्धबृद्धा र बालबालिलाई संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी छ । परिवारको कुनै सदस्यलाई लक्षण नदेखिएपनि उसले घरमा कमजोर इम्युन भएका र पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरुलाई संक्रमण गराउन सक्छ । त्यसैले यस्तो घटना हुन नदिन सबैले पाठ सिक्न जरुरी छ ।’ –   भण्डारीले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com