नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।

हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com