कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज विहान शेर्पाको निधन, किदुगबाट श्रद्धान्जली


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज विहान ङिमा तेम्बा शेर्पाको निधन भएको भन्दै शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान पाँच बजेर अठार मिनेट हुँदा क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको किदुगले जनाएको छ ।

ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्ता देखि सो अस्पतालमा उपचाररत थिए । शेर्पा किदुगले भनेको छ – ‘यो दुखद समाचार शेर्पा किदुगलाई आज बिहान वहाँका दाजु ल्हाक्पा युला शेर्पाले फोन मार्फत पुष्टी गर्नु भएको हो।’

‘दिवंगत आजीवन सदस्य शेर्पाको अतिसिघ्र शुद्ध भुवनमा पुनर्जन्मको कामना सहित शोक संतप्त परिवार प्रति शेर्पा किदुग अमेरिका हार्दिक समवेदना प्रकट गर्दछ।’ –  किदुगले सामाजिक सञ्जालमार्फत भनेको छ ।

यसअगाडि अस्पतालले शेर्पालाई बचाउन नसकिने जानकारी परिवारलाई दिएको भन्दै परिवारका सदस्यहरुले मृत्यु भएको खबर सार्वजनिक गरेका थिए । परिवारका सदस्यहले शेर्पाको काजकृया समेत सुरु गरेका थिए । तरपछि अस्पतालले मुटु चलेको जानकारी दिएको बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारी सुरुभएपछि १५ दिनको अन्तरलमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ । तर सबैको निधन कोरोनाको कारण भएको बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com