अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, मृतकको संख्या १३ हजार नजिक


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ । जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांक अनुशार अमेरिकामा मृतकको संख्या १२ हजार ८ सय ४१ पुगेको छ ।

न्युयोर्क सिटीमा कोरोना भाइरसको संक्रमणबाट मृतकको संख्या ४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म न्युयोर्क सिटीमा ४ हजार ९ को मृत्य भएको छ । न्युयोर्क राज्यमा मृतकको संख्या ५ हजार ४ सय ८९ पुगेको छ ।

न्युयोर्क सिटीमा संक्रमितको संख्या ७६ हजार ८७६ पुगेका छ । जसमध्ये क्वीन्समा संक्रमितको संख्या २४ हजार ८ सय ४० रहेको छ । ब्रोंक्समा १५ हजार ३४८, म्यानहटनमा ११ हजार १२, बु्रकलिनमा २० हजार ८७९ जनामा संक्रमण पुष्टी भएको छ । लङ आइल्याण्डका नासु र सफल्क काउन्टीमामात्र संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

न्युयोर्क सिटीमा अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि झण्डै २० हजार पुगेको छ । न्युयोर्क राज्यमा संक्रमित हुनेहरुमा महिलाको तुलनामा पुरुषहरु बढी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क राज्यमा अहिलेसम्म ३ लाख ४० हजारभन्दा बढीको कोरोना परिक्षण गरिएको छ । अमेरिकाभरमा भने अहिलेसम्म झण्डै २० लाखमा कोरोना परीक्षण गरिएको छ । अस्पतालबाट उपचार गरेर घर फर्केकाहरुको संख्या अमेरिकाभरमा २१ हजार ६७४ रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com