भूकम्पपछिको राहत र नेपालको झण्डा फहराउने अभियानका न्युजर्सीका राजनीतिज्ञको निधन


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

नेपालमा भूकम्पपछिको राहत र अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध रहेका न्युजर्सीका राजनीतिज्ञको निधन भएको छ । जर्सी सिटीका काउन्सिलम्यान मायकल युनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो ।

नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको अभियानमा युनको विशेष भूमिका रहेको थियो । साथै न्युयोर्कको विश्व ब्यापारिक केन्द्रलाई पृष्ठभूमिमा राखेर न्युजर्सीको एक्सचेन्ज प्लेसमा फहराउन लागिएको नेपालको झण्डाको प्रकृयाका लागि पनि उनले विशेष सहयोग गरेका थिए । तीनबर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि युनको भूमिका रहेको थियो ।

युनसँग डाक्टर बिष्णुमाया परियार ।

उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर राहतका लागि पठाएका थिए । अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोग रहेको थियो । उनको मृत्युको खबरले आफू स्तब्ध भएको डाक्टर विष्णुमाया परियारले बताइन् ।

बोलो बहनमार्फत घरेलु हिंशा र यौन हिंशा पीडित १० परिवारलाई उपहार प्रदान गर्दै

परियार सम्मिलित बोलो बहनमार्फत उनले हरेकबर्ष घरेलु हिंशा र यौन हिंशा पीडित १० परिवारलाई उपहार समेत प्रदान गर्दै आएका थिए । नेपाली समुदायलाई माया गर्ने र नेपाली समुदायका एक सच्चा साथीको कोरोना संक्रमणबाट निधन भएकोमा यसबाट अपुरणीय क्षति भएको परियाले बताइन् ।

त्यस्तै नेपाली समुदायलाई माया गर्ने र इन्द्रावतीसँग जर्सी सिटीको भगिनी सम्बन्धका लागि विशेष भूमिका खेलेका काउन्सिल प्रेसिडेन्ट रोलाण्डो लाभारोपनि कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका थिए । उनी भने अहिले उपचारपछि घर फर्किसकेका छन् । नेपालीको टीपीएस थप्ने विषयमा दुईपटक प्रस्ताव पारित गर्नेमा लाभारोको मुख्य भूमिका रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com