भूकम्पपछिको राहत र नेपालको झण्डा फहराउने अभियानका न्युजर्सीका राजनीतिज्ञको निधन


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

नेपालमा भूकम्पपछिको राहत र अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध रहेका न्युजर्सीका राजनीतिज्ञको निधन भएको छ । जर्सी सिटीका काउन्सिलम्यान मायकल युनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो ।

नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको अभियानमा युनको विशेष भूमिका रहेको थियो । साथै न्युयोर्कको विश्व ब्यापारिक केन्द्रलाई पृष्ठभूमिमा राखेर न्युजर्सीको एक्सचेन्ज प्लेसमा फहराउन लागिएको नेपालको झण्डाको प्रकृयाका लागि पनि उनले विशेष सहयोग गरेका थिए । तीनबर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि युनको भूमिका रहेको थियो ।

युनसँग डाक्टर बिष्णुमाया परियार ।

उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर राहतका लागि पठाएका थिए । अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोग रहेको थियो । उनको मृत्युको खबरले आफू स्तब्ध भएको डाक्टर विष्णुमाया परियारले बताइन् ।

बोलो बहनमार्फत घरेलु हिंशा र यौन हिंशा पीडित १० परिवारलाई उपहार प्रदान गर्दै

परियार सम्मिलित बोलो बहनमार्फत उनले हरेकबर्ष घरेलु हिंशा र यौन हिंशा पीडित १० परिवारलाई उपहार समेत प्रदान गर्दै आएका थिए । नेपाली समुदायलाई माया गर्ने र नेपाली समुदायका एक सच्चा साथीको कोरोना संक्रमणबाट निधन भएकोमा यसबाट अपुरणीय क्षति भएको परियाले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नेपाली समुदायलाई माया गर्ने र इन्द्रावतीसँग जर्सी सिटीको भगिनी सम्बन्धका लागि विशेष भूमिका खेलेका काउन्सिल प्रेसिडेन्ट रोलाण्डो लाभारोपनि कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका थिए । उनी भने अहिले उपचारपछि घर फर्किसकेका छन् । नेपालीको टीपीएस थप्ने विषयमा दुईपटक प्रस्ताव पारित गर्नेमा लाभारोको मुख्य भूमिका रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com