न्युयोर्कमा ४ हजार कोरोना संक्रमितको उपचारका लागि औषधीको नयाँ प्रेस्क्रिप्सन


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

न्युयोर्कमा झण्डै ४ हजार कोरोना संक्रमित गम्भिर बिरामीहरुलाई मलेरियाबिरुद्धको औषधी हाइड्रोक्लोरोक्वीनबाट उपचार भइरहेको छ । न्युयोर्क राज्यका डिपार्टमेन्ट अफ हेल्थका अधिकारीहरुका अनुशार सिकिस्त भएकाहरुलाई यो औषधी चलाइएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हाइड्रोक्लोरोक्वीनलाई सम्भावित जीवन रक्षक औषधी बताउँदै आएका थिए । यद्यपी अहिलेसम्म यो औषधीले कोरोनाको संक्रमणमा सफलताका साथ उपचार गर्ने आधिकारिक पुष्टी भने भइसकेको छैन ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जिथ्रोम्याक्स वा एजिथ्रोमाइसिनसँगै हाइड्रोक्लोरोक्वीनको मिश्रणबाट उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका थिए । डिपार्टमेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पतालमा हाइड्रोक्लोरोक्वीन पठाइसकेको छ ।

बिरामीहरुले ४ वटा १० दिनको कोर्श अनुशार औषधीको डोज प्राप्त गरिरहेको अधिकारीहरुले जनाएका छन् । युनिभर्सिटी अफ अल्बानीको स्कुल अफ पब्लिक हेल्थले बिरामीमा औषधीको प्रभावबारे अध्ययन गरिरहेको छ । उक्त अध्ययनको निष्कर्ष केही दिनमा आउने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि हाइड्रोक्लोरोक्वीनले कोभिड १९ का बिरामीलाई संरक्षण गर्न सकेमा यो औषधी महामारीबिरुद्ध लड्न अत्यावश्यक साधन हुने न्युयोर्क युनिभर्सिटीको डिपार्टमेन्ट अफ पपुलेशन हेल्थमा सहायक प्राध्यापक अन्ना बस्र्थेनले बताएकी छिन् । यदि संरक्षण गर्न नसकेमा बिरामीहरुले थप जोखिम लिन नहुने उनको भनाई छ ।

यो औषधीका साइड इफेक्टमा कानबज्ने, आँखाको ज्योति गुम्नसक्ने, बान्ता हुने, मुड परिवर्तन हुने, छालामा दागहरु देखिने, कपाल गुम्ने लगायतका हुनसक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com