स्पेनमा कोरोनालाई जितेर घर फर्किए रिजाल, भन्छन् – ‘मनोबल उच्च राखी रोग नलुकाउनुस्’


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

स्पेनको बार्सिलोनामा कोरोना भाईरसको संक्रमणपछि अस्पतालमा उपचार गराइरहेका विष्णु रिजाल अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमणका कारण सिकिस्त बिरामी भएका रिजाल आईसीयुमा भर्ना भएका थिए ।

लामो समयदेखि बार्सिलोनामा सपरिवार बस्दै आएका अर्घाखाँचीका रिजालले कोरोनाको संक्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह समेत गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले भनेका छन् – ‘म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ ।’

‘जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी संघर्षसिल रहिरहन्छौ । शायद यही नै जिवनप्रति को मोह हो ।’ – उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् – ‘मेरो दुई हप्ताको कस्टकर अस्पताल वसाई पछि आज घर फर्कें । सतप्रतिसत ठीक भै ।’

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्पेन वासी र युरोप वासी नेपालीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । उनले भनेका छन् – ‘हजुरहरूकै मायाले मलाई पुनजीर्वन प्राप्त भएको छ । मित्रजनजन ,सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता ।’

उनले नआत्तिएर मनोवल उच्च राखेमा त्यही मनोवलले कोरोना भाइरसबिरुद्ध जीत हासिल हुने उनले बताएका छन् । उनले कुनैपनि सावधानीमा सम्झौता नगर्न र रोग लाग्यो भनेर तुच्छ भावमा नरहन अनुरोध गरेका छन् ।

उनले भनेका छन् – ‘यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूपमा आफ्नो विजयपथ तीर मुस्किलको सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउँछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com