स्पेनमा कोरोनालाई जितेर घर फर्किए रिजाल, भन्छन् – ‘मनोबल उच्च राखी रोग नलुकाउनुस्’


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

स्पेनको बार्सिलोनामा कोरोना भाईरसको संक्रमणपछि अस्पतालमा उपचार गराइरहेका विष्णु रिजाल अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमणका कारण सिकिस्त बिरामी भएका रिजाल आईसीयुमा भर्ना भएका थिए ।

लामो समयदेखि बार्सिलोनामा सपरिवार बस्दै आएका अर्घाखाँचीका रिजालले कोरोनाको संक्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह समेत गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले भनेका छन् – ‘म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ ।’

‘जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोधमा हामी संघर्षसिल रहिरहन्छौ । शायद यही नै जिवनप्रति को मोह हो ।’ – उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् – ‘मेरो दुई हप्ताको कस्टकर अस्पताल वसाई पछि आज घर फर्कें । सतप्रतिसत ठीक भै ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्पेन वासी र युरोप वासी नेपालीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । उनले भनेका छन् – ‘हजुरहरूकै मायाले मलाई पुनजीर्वन प्राप्त भएको छ । मित्रजनजन ,सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता ।’

उनले नआत्तिएर मनोवल उच्च राखेमा त्यही मनोवलले कोरोना भाइरसबिरुद्ध जीत हासिल हुने उनले बताएका छन् । उनले कुनैपनि सावधानीमा सम्झौता नगर्न र रोग लाग्यो भनेर तुच्छ भावमा नरहन अनुरोध गरेका छन् ।

उनले भनेका छन् – ‘यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूपमा आफ्नो विजयपथ तीर मुस्किलको सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउँछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com