न्युयोर्क सिटीमा आर्थिक सहायताका लागि आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

न्युयोर्क सिटीमा आर्थिक सहायताका लागि कोरोनाको महामारीबाट प्रभावित साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको छ । गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट प्रभावित साना विजनेशलाई राहत प्रदान गर्ने घोषणा गरेका थिए ।

न्युयोर्कको कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि आवेदन दिने म्याद अप्रिल ३ को बेलुका ५ बजेसम्ममात्र रहेको छ । त्यसपछि प्राप्त आवेदनहरु अस्वीकार गरिने न्युयोर्क सिटीले जनाएको छ । अप्रिल ३ पछि पनि एसबीए ऋण र न्युयोर्कसिटीका साना ब्यापार निरन्तरता ऋणका लागि भने आवेदन दिन सकिनेछ ।

कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि योग्य हुनका लागि ५ भन्दा कम कामदार भएको विजनेश हुनुपर्छ भने कोरोनाको महामारीका बेलामा समेत कामदारका लागि तलब जारी गरेको हुनुपर्छ । न्युयोर्क सिटीका ५ वटा बोरोभित्र कार्यालय रहेको विजनेश योग्य हुनेछ ।

त्यस्तै एकदेखि ४ जनासम्म कामदार भएको, विगत ६ महिनादेखि संचालनमा रहेको, कुनै कानुनी जजमेन्टमा नपरेको विजनेशको आम्दानीमा २५ प्रतिशतभन्दा बढी गिरावट आएको खण्डमा यो सहायताका लागि योग्य हुनेछन् । यो सहायता अन्तरगत कामदारको तलबको ४० प्रतिशत रकम सिटीले सहायताका रुपमा प्रदान गर्नेछ । एउटा विजनेशले २७ हजार डलरसम्म रकम पाउनसक्नेछ ।

यो सहायता कार्यक्रमका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

यदि तपाईको विजनेशमा एकसयभन्दा कम कर्मचारीहरु रहेका छन् र कोरोना भाइरसका कारण आम्दानीमा २५ प्रतिशतभन्दाबढी गिरावट आएको छ भने तपाईले ७५ हजारसम्मको विना ब्याजको ऋणका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि २ बर्षदेखि संचालनमा रहेको विजनेश हुनुपर्छ ।

उक्त विनाब्याजको ऋणका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

यो बाहेक युएस स्मल बिजनेश एड्मिनिस्ट्रेशनले कमब्याजको ऋण र पेचेक प्रोटेक्सन प्रोग्राम समेत ल्याएको छ ।

एसबीएले प्रदान गर्ने इकोनोमिक इन्जुरी डिजास्टर लोन आवेदनका लागि यहाँ क्लिक गर्नुहोला ।

पेचेक प्रोटेक्सन प्रोग्रामका लागि ५ सयभन्दा कम कामदार हुने विजनेशले आवेदन दिन सक्नेछन् । यो कार्यक्रम अन्तरगत पेरोलका लागि प्रयोग भएको ७५ प्रतिशतसम्म रकम तिर्नु नपर्ने जनाइएको छ ।

पेचेक प्रोटेक्सन प्रोग्रामका लागि आवेदनका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com