राज्यको प्रतिनिधिका हिसावले राजदूतले तत्काल पुरा गर्नुपर्ने दायीत्व


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

– अनिल अधिकारी

कोरोना भाइरस अर्थात कोभिड १९ का कारण अमेरिका यती बेला त्राहि त्राहि अवस्थामा छ । विश्वभरका मानिसको ध्यान अमेरिकामा तानिएको छ । अमेरिकामा ठूलो नेपाली समुदाय बस्दै आएका कारणले पनि नेपाल लगायत विश्वभरबाट यहाँ हुने नेपालीहरुको अवस्था कस्तो छ । ? कसरी बसिरहेका होलान, उनिहरुले कसरी सावधानी अपनाई रहेका होला भन्ने चासो र चिन्ता व्यक्त भएको छ । यसै सन्दर्भमा अमेरिकाका लागि नेपाली राजदूतावासले आवश्यक चासो नलिएको तथा महामहिम राजदूत डा. अर्जुन कार्कीले आवश्यक चासो नदेखाएको भन्ने बिषयमा एउटा पत्रकारको हिसावले मसंग थुप्रै गुनासो आएकाले मैले सामाजिक सञ्जाल फेसबुक मार्फत सचेत बनाउन स्टाट्स लेखेको थिएँ ।

सामाजिक सञ्जाल मार्फत गरिएको चासोका बारेमा महामहिम ज्यूले केही निकट मान्छे मार्फत वहाँले गर्नुपर्ने दायित्व के, के रहेछ भनेर चासो देखाउनु भयो । जसलाई मैले सकारात्मक रुपमा लिएको छु । मेरो व्यक्तिगत फोन नम्बर वहाँको मोवाईल सेटमा सेभ नभएको हुन सक्छ । यसर्थ यो महाविपतका बेला नेपाल सरकारको प्रतिनिधिका हिसावले तत्कालै गर्नुपर्ने दायित्वहरुलाई मैले बुँदागत रुपमा उल्लेख गरेको छु । सपनाको देश अमेरिकामा रहेका धेरै नेपालीहरुले अमेरिकालाई अवसर र रोजगारीका रुपमा उपयोग गरिरहेको पनि म यहाँ जानकारी गराउन चाहन्छु । धेरैलाई लाग्न सक्छ अमेरिकी नागरिक भईसकेपछी किन नेपाल सरकारले सहयोग गर्नु पर्यो । ? जो नेपालबाट अमेरिका आई अमेरिकी नागरिक भईसक्नु भएको छ उहाँहरु आफै सक्षम हुनुहुन्छ । वहाँहरुका लागि दूतावासले तत्काल केही गर्नुपर्ने छैन् । उल्लेखित सुझावहरु नेपाली पासपोर्ट बाहक नेपालीहरुका लागि भएको समेत जानकारी गराउन चाहन्छु ।

महामहिम ज्यू तपाई अहिले नेपाल सरकारको प्रतिनिधि मात्रै नभई अमेरिकामा रहेका नेपालीहरुको अभिभावक पनि हो, यसर्थ तपाईले यो महामारीका बेला तत्काल निम्न दायित्वहरु निर्वाह गर्नुपर्ने थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१. कोरोना भाइरस (कोभिड १९) कै कारण ज्यान गुमाउनु भएका अनिल लिम्बुको परिवारलाई राज्यको प्रतिनिधिका हिसावले सहानूभुती स्वरुप फोन गरेर नआतिन र आवश्यक केही सहयोग चाहिएमा आफुलाई सम्पर्क गर्न आग्रह गर्नुपर्ने थियो । भाइरसका कारण मान्छेको ज्यानै जाँदा समेत तपाईले पिडित परिवारलाई एकपटक फोन सम्म पनि गर्नुभएन् । (परिवार निकटहरुको टेलिफोन रकेर्ड म संग सुरक्षित छ ।)

२. कोभिड १९ ले आक्रान्त न्यूयोर्कमा अहिले सम्म करिव ५० परिवार प्रभावित छ, ति परिवारले सिटामोल समेत नपाएको अवस्था छ, यसर्थ कम्तीमा न्यूयोर्कमा सक्रिय रहेको आधिकारिक संस्था एनआएनए अमेरिका न्यूर्योक च्याप्टरलाई फोनगरी मैले केही गर्नुपर्ने छ ? भनेर सोध्नुपर्ने थियो । थर्मोमिटर र दुई चार ठिम्री सिटामोल खोज्ने दायित्व तपाईको पनि हो । अन्य सामाग्रीको अभावबारे तपाई पनि जानकार हुनुहुन्छ होला ।

३. अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा बिभिन्न भिषामा अमेरिका आउनु भएका नेपाली नागरिक अहिले यहीँ थुनिनु भएको छ । वहाँहरुको कानुनी बैधता कसरी बढाउन सकिन्छ त्यो बारेमा आवश्यक सुचना दिनुपर्ने दायित्व तपाईको कार्यलयको हो । तर तपाई सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि भएर जस्तो सुकै संकट आइलागोस कार्यलयमा फोन नगर्नुस भन्दै हिड्नु हुन्छ ।

४. बिभिन्न भिषामा अमेरिका आई यहीँ थुनिनु भएका नेपाली नागरिकहरु केही हप्ताका लागि होटलमा बस्नु भएको हुन सक्छ, सम्वन्धित व्यक्तिले ल्याएको पैसा सकिएपछी समस्या भएको हुन सक्छ । त्यस बारे के नेपाल सरकारले आवश्यक स्वास्थ्य जाँच गरि नेपाल फर्काउन केही पहल गर्न सक्छ या यही केही अन्य राहतका कार्यक्रम गर्न सक्छ त्यस बारेमा आवश्यक कदम चाल्ने कि ?

५. तपाईले सामाजिक सञ्जाल मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई कार्यलय समय र अन्य सेवा सुविधाका बारेमा लेखेरै सचेत गराउनुपर्ने दायित्व तपाई थियो कि ?

कृपया तपाई हाम्रो मुलुकलाई समृद्ध बनाउन व्यस्त हुनु भएको भएपनि कार्यलयका प्रवक्ता र अन्य कर्मचारीलाई नम्र र शिष्ट भएर फोन बोल्न, सोधिएको प्रश्नको सोही अनुसार उत्तर दिन आग्रह गरिदिनुस । धन्यवाद । सुरक्षित रहौं । नआतिऔं, नअत्याऔं ।

लेखक खसोखासका कार्यकारी सम्पादक हुन् । तर यो लेखमा प्रकाशित विचार उनको निजी हो । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com