अमेरिकामा कोरोनाको उपचार गर्ने औषधी प्रयोग गर्न स्वीकृति प्रदान


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को उपचारका लागि औषधी प्रयोगको आपतकालिन स्वीकृति प्रदान गरेको छ । एफडीएले मलेरियाबिरुद्धको औषधीको प्रयोग कोभिड १९ का लागि स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिपछि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले वक्तब्य जारी गरेर ३० मिलियन डोज हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट र १ मिलियन डोज क्लोरोक्वीन फस्फेट राष्ट्रिय भण्डारणलाई प्रदान गरिने जनाएको छ ।

क्लोरोक्वीन फस्फेट बेयर फार्मास्युटिकल्सले बनाएको हो भने हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट स्याण्डोजले प्रदान गरेको हो । यो औषधी चिकित्सिकले कोभिड १९ का बिरामी किशोरहरु र जवानहरुका लागि प्रयोग गर्न सक्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाबिरुद्धको औषधी कोभिड १९ को उपचारमा गेम चेन्जर हुनसक्ने बताउँदै आएका छन् । यी औषधीहरु सामान्यतया मलेरियाको उपचारका लागि मुखबाट दिने औषधीहरु हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले कोरोना भाइरसबिरुद्धको ल्याब परीक्षणणमा यी औषधीले कोरोना भाइरसबिरुद्ध गतिविधि देखाएको उल्लेख छ । तर अहिलेसम्म कोरोनाको छुट्टै औषधी भने बनिसकेको छैन ।

एफडीएले न्युयोर्कमा रहेका केही काभिड १९ का बिरामीमा यी औषधीहरु चलाउनका लागि स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाको न्युयोर्कमा सबैभन्दा धेरै कोरोना संक्रमणका बिरामीहरु पुष्टी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com