न्युजर्सीमा घरधनीलाई मोर्गेजका लागि ९० दिन सहुलियत अवधि


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

न्युजर्सीमा घरधनी लगायतलाई मोर्गेजका लागि ९० दिन सहुलियत अवधि प्रदान गरिएको छ । अर्थात मोर्गेज तिर्नुपर्ने व्यक्तिले ९० दिनसम्म ढिलो गर्न पाउने भएका छन् ।

न्युजर्सीका गभर्नर फिल मर्फीले शनिबार यस्तो घोषणा गरेका हुन् । उनले सिटी, चेस, बैंक अफ अमेरिका लगायतका ४० बित्तियसंस्थाहरुसँग यसबारेमा काम गरिरहेको बताएका छन् ।

यो सहुलियत अवधिमा मोर्गेज नतिर्नेहरुको क्रेडिटमा कुनै असर नपर्ने जनाइएको छ । वित्तिय संस्थाहरुले ६० दिनसम्म लिलामी वा घरनिकालाका केसहरु स्थगित गर्ने भएका छन् ।

न्युजर्सी अमेरिकाको कोरोना प्रभावित दोश्रो राज्य हो । अर्थात् यो राज्यमा न्युयोर्कपछि सबैभन्दा धेरै कारोना संक्रमितहरु भेटिएका छन् ।

अहिलेसम्म न्युजर्सीमा ११ हजार बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । मृतकको संख्या पनि १४० पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com