अमेरिकामा कोरोना संक्रमणबाट मृतकको संख्या २ हजार नाघ्यो


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

अमेरिकामा कोरोना संक्रमणबाट मृतकको संख्या २ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट मृतकको संख्या २ हजार ८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको १ लाख २० हजार ५ सय २९ पुगेको छ । संक्रमितको संख्या एकलाख नाघेको अमेरिकामा मात्र हो । इटलीमा ९२ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टी भएको छ ।

न्युयोर्कमा मात्र संक्रमितको संख्या ५२ हजार ३ सय १८ पुगेको छ । न्युजर्सीमा ११ हजार १ सय २४ जना संक्रमित भएका छन् । अरु राज्यमा संक्रमितको संख्या ५ हजार नाघेको छ । न्युयोर्क सिटीमामात्र संक्रमितको संख्या ३० हजार नाघेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ४ सय ३५ पुगेको छ । विश्वभर ३० हजार ६ सय २७ को मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com