रुखलाई सीमास्तम्भ मान्न नसकिने नेपाली पक्षको भनाइ

प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

पुनर्वास कञ्चनपुर । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।

पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्र्भट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद हुनुभयो ।

घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश–विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।

घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा रासस प्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुङ्ग्रीको रुख देखाउँदै भन्नुभयो – “२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं ।” तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू–भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन् ।

“काँङ्ग्री खोलामा निर्माण गरिएको कल्र्भट छेउमै रहेको डुङ्ग्रीको रुख भन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्छ,” सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले रासससँग भन्नुभयो – “सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो ।”

त्यसैगरी, स्थानीय छविलाल पौडेलले पनि उक्त रुख भन्दा परैसम्म नेपालको भू–भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन् । “भारतीय त पिलर नभएकै कारण कल्र्भटभन्दा वरै ९हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर० सम्मै दशगजा दाबी गर्छन्,” पौडेलले भन्नुभयो –“जब कि डुङ्ग्रीको रुख भन्दा परसम्म नेपाली पुर्जा भएको जमिन छ ।” नेपाली लालपुर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिगाह खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् ।

“जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ, आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो,” करनका श्रीमती तुलसादेवी सुनारले भन्नुभयो – “खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन् ।”

“कलिलो उमेरमै आनन्द बजारको उर्वरभूमिमा जन्मिएको मेरो छोरोले हाम्रै माटोका लागि प्राण आहुति दिएको छ,” सहिद गौतमका बुबा खेमलालले भन्नुभयो – “अब कसैका दाजुभाइले यसरी मर्नु नपरोस् ।”

सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको उहाँको गुनासो छ । सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन् । उहाँले भन्नुभयो – “भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन् ।”

त्यसैगरी, बेलौरीका पर्सबहादुर खड्काले २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दाबी गर्नुहुन्छ । विसं २०३८÷३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ थिएन । उहाँले भन्नुभयो – “प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर छ ।”

सो क्षेत्रमा २०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको स्मरण गर्दै उहाँले त्यो बेला पनि स्थानीयवासीले लखेटेको बताउनुभयो । “संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे,” उहाँले भन्नुभयो – “संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन् ।”

आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्र्भट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन् ।

“त्यो हरियो डुङ्ग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने रु,” आनन्द बजारका व्यापारी नौला शाहीले भन्नुभयो – “यहाँ थिचोमिचो पहिलेदेखि नै थियो । अहिले आएर गोलीको प्रहारसमेत सहनु प¥यो ।”

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताउनुभयो । भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उहाँको भनाइ छ ।

“दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन” – उहाँले भन्नुभयोे । कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन् ।

त्यसैगरी, केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एकसय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षण पछि सीमा विवाद हल हुने विश्वास व्यक्त गर्नुभयो ।

उता सहिद गोविन्दकी आमा हरिदेवी गौतम सहिद भएको छोराको सालिक घटनास्थलमै बनाउनुपर्ने माग गरिरहनुभएको छ । “पहिले आनन्द बजार क्षेत्रको सीमाङ्कनको टुङ्गो सरकारले लगाइदिनुप¥यो,” उहाँले भन्नुभयो – “त्यहाँ छोराको सालिक बनेपछि म त्यै हेरेर बाँकी जीवन बिताउने छु ।’ रासस

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com